प्रहरीको कारबाहीमा चौकुनेबाट ६ भरुवा बन्दुक बरामद


सुर्खेत। प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–६ स्थित वनडाल सामुदायिक वनको ओडारबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएको ६ सदस्यीय टोलीले बिहीबार अपराह्न बन्दुक बरामद गरेको हो।

ओडारमा बन्दुक लुकाएर राखिएको सूचनापछि प्रहरीले खोजी गर्दा ती बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।