कुटपिट प्रकरणमा मृ-त्यु, आक्रमणमा संलग्न व्यक्ति पक्राउ


बझाङ । सामान्य विवादमा कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले भदौ २२ गते साँझ सामान्य विवादका क्रममा कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका झलकको धनगढीस्थित केयर टेकर अस्पतालमा उपचार भइरहेको थियो । उनको भदौ ३१ गते बिहान ७ः५० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न लोकेन्द्र जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।