सुन–चाँदीको मूल्य बढ्यो, कति पुग्यो भाउ?


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।