काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान साढे ११ बजेपछि बैठक सुरु भएको हो।
बैठकमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ।
भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा अर्याल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वर्षमान पुन, सीके राउतलगायत विभिन्न दलका नेताहरू सहभागी छन्।


















प्रतिक्रिया