सिंहदरबारमा दुई गाडी ठोक्किए,


काठमाडौं । सिंहदरबार परिसरभित्रै बुधबार बिहान दुई सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको छ।

कार्यालय समयमा सिंहदरबारभित्र गुडिरहेका दुई सवारीसाधन एकआपसमा ठोक्किएका हुन्। दुर्घटनापछि केही समय सिंहदरबार परिसरमा चहलपहल बढेको थियो।

दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ। दुर्घटनाबाट सवारीसाधनमा सामान्य क्षति पुगेको बताइएको छ।

घटना सिंहदरबारको भित्री परिसरमै भएकाले सम्बन्धित निकायले दुर्घटनाको कारण र क्षतिको विवरणबारे जानकारी संकलन गरिरहेको जनाइएको छ।