काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले प्रतिवेदन पेस गरेका हुन्। संविधानको धारा २५४ अनुसार आयोगले हरेक वर्ष राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ।
प्रतिवेदनमा प्राकृतिक स्रोतको बाँडफाँड, वित्तीय हस्तान्तरण तथा संघ, प्रदेश र स्थानीय तहबीचको वित्तीय सम्बन्ध सुदृढ बनाउने विषय समेटिएको आयोगले जनाएको छ।


















प्रतिक्रिया