रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबार पदभार ग्रहण गरेका छन्।
नेपाल सरकारको भदौ २५ गतेको निर्णयअनुसार सचिवमा बढुवा भएका कुँवरले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहणपछि उनले मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेशका मन्त्री र कर्मचारीसँग भेटघाट गरेका छन्।
कुँवरले शासकीय सुधार, नीति निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत प्रदेश सरकारका काममा परिणाम दिन सकिने बताए। कर्मचारीको मनोबल उच्च राख्दै सहकार्य र सामूहिकताका साथ काम गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए।


















प्रतिक्रिया