रविले बोलाएको सर्वदलीय बैठकमा राजनीतिक संयन्त्रलाई निरन्तरता दिने सहमति


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ।

बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले बाढीपहिरो लगायतका विपत्तिका विषयमा छलफल र काम गर्न संसद्भित्र विशेष समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ।

बैठकमा आठ दलका नेताहरू सहभागी रहेको नेकपाका नेता माधवकुमार नेपालले जानकारी दिए। रास्वपा सांसद जगदीश खरेलका अनुसार रवि लामिछाने संयोजक रहेको राजनीतिक संयन्त्रलाई निरन्तरता दिँदै जनमोर्चालाई समेत समावेश गर्ने निर्णय भएको छ।