काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले नवलपरासी र रुकुम जिल्लाको नामकरणमा देखिएको संवैधानिक र व्यावहारिक भिन्नता हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको अनुसूचीमा नवलपरासी बर्दघाट–सुस्ता पूर्व र पश्चिम उल्लेख भए पनि व्यवहारमा नवलपुरलगायत फरक नाम प्रयोग भइरहेको बताए। सरकारी अभिलेखमा नामको एकरूपता कायम गर्न पहल गर्नुपर्ने उनको भनाइ छ।
खनालले नयाँ जिल्ला सदरमुकामका भौतिक पूर्वाधारलाई व्यवस्थित रूपमा अघि बढाउन र आवश्यक सडक तथा संरचनालाई डीपीआरमा समेटेर निर्माण गर्नसमेत सरकारसँग आग्रह गरे।


















प्रतिक्रिया