काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढी–पहिरोपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामको समीक्षा गर्दै एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकले रवि लामिछाने संयोजक रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ। विशेष समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन, छानबिन तथा समन्वय गर्दै सरकारलाई आवश्यक सुधारका लागि सुझाव दिनेछ।
प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणका क्रममा नेपालले भोगेको वातावरणीय क्षति र ‘जलवायु न्याय’को विषय सशक्त रूपमा उठाउन पनि बैठकले सुझाव दिएको छ।


















प्रतिक्रिया