देश संकटमा हुँदा सरकार गैरजिम्मेवार बनेको भन्दै प्रसाईंको आलोचना


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले विपत्तिको समयमा बजारमा अत्यावश्यक वस्तुको मूल्य बढ्दा समेत सरकार मौन रहेको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्याज, चिनी, चामल र तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै कालोबजारी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।

प्रसाईंले उपत्यकाको सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन भइरहेको भन्दै गृह तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए। उनले राजधानीको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग माग गरे।