नीति र विकास निर्माणलाई सँगसँगै अघि बढाउनुपर्छ : गैरे


काठमाडौं । नेकपा एमालेका नेता तथा समितिका पूर्वसभापति ठाकुर गैरेले सांसदहरूको व्यस्तताका कारण राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको काममा व्यावहारिक कठिनाइ आउन सक्ने बताएका छन्।

बुधबार समितिको बैठकमा बोल्दै उनले निर्वाचन क्षेत्र, मन्त्रालय तथा संसद्को जिम्मेवारीसँगै समितिलाई पर्याप्त समय दिनुपर्ने अवस्था रहेको बताए। नीति निर्माण र विकास निर्माणका अपेक्षाबीच सन्तुलन कायम गर्दै समितिको काम अघि बढाउनुपर्ने उनको भनाइ छ।

गैरेले समितिको प्रभावकारिता बढाउन सदस्यहरूको सक्रियता, समय व्यवस्थापन र लगनशीलतासँगै जलवायु परिवर्तन तथा जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय फोरमसँग समन्वय गर्नुपर्ने सुझाव दिए।