सिंहदरबारको ध्यान पूर्वसूचना र अन्तर्राष्ट्रिय स्रोत परिचालनमा हुनुपर्छ


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विपद् व्यवस्थापनमा केन्द्र सरकारको हस्तक्षेप घटाउँदै स्थानीय तह र प्रदेश सरकारलाई थप अधिकार दिनुपर्ने बताएका छन्।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहलाई उद्धार, राहत र स्वयंसेवक परिचालनमा अधिकार दिनुपर्ने बताए। प्रदेश सरकारलाई पुनर्निर्माणको जिम्मेवारी बढाउनुपर्ने उनको भनाइ छ।

राउतले संघीय सरकारको ध्यान स्थानीय तहका साना काममा हस्तक्षेप गर्नुभन्दा पूर्वसूचना प्रणाली विकास, अन्तर्राष्ट्रिय स्रोत परिचालन, जलवायु वित्त र प्राविधिक सहयोग जुटाउन केन्द्रित हुनुपर्ने बताए।