काठमाडौँ । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य सेवा विभागको स्थिति प्रतिवेदनअनुसार १६ जिल्लामा १२ पुरुष र १४ महिलाको मृत्यु भएको हो।
हालसम्म देशका सातै प्रदेशका ३६ जिल्ला तथा ८४ पालिकामा १२१ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ भने ५६ जना उपचाररत छन्। मृत्यु हुनेमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका रहेका छन्।
प्रतिवेदनअनुसार जेईबाट मृत्यु भएका सबै बिरामीले खोप नलगाएको पाइएको छ। धानखेत तथा सुँगुर–बङ्गुर फार्म आसपास बसोबास गर्ने र खोप नलगाएका व्यक्ति सङ्क्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।


















प्रतिक्रिया