काठमाडौँ । भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि भारतको सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार तीन दिने औपचारिक भ्रमणमा भारत जाने भएका छन्।
भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र वाणिज्य मन्त्री पियुष गोयलसँग भेटवार्ता गर्नेछन्। भेटमा नेपालमा बाढीबाट भएको क्षति तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ।
भारतले थप सहयोग घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ। यसअघि पनि भारतले भोटेकोशी बाढीपछि राहत सामग्री तथा उद्धारका लागि प्राविधिक टोली पठाएको थियो।
वाग्लेको भारत भ्रमणका क्रममा सडक तथा ऊर्जा क्षेत्रका लागि प्रस्ताव गरिएको अनुदान र सहुलियतपूर्ण ऋणलगायत विषयमा समेत छलफल हुने बताइएको छ।


















प्रतिक्रिया