भोटेकोशी बाढीपछि चितवनमा ३६४ शव, १४ जनाको मात्रै पहिचान


चितवन । रसुवाको भोटेकोशी बाढीपछि चितवनमा फेला परेका ३६४ शवमध्ये १४ जनाको पहिचान भएको छ। हराइरहेका व्यक्तिको पहिचानका लागि ८१ जना आफन्तको डीएनए नमूना सङ्कलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिचान हुन नसकेका ३४९ शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका सबै शवको डीएनए नमूना सुरक्षित राखिएको छ।

हाल एउटा शव व्यवस्थापन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। आफन्तबाट सङ्कलित डीएनए नमूना विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।