शेयर कारोबारमा कर घटाउने सरकारको निर्णय


काठमाडौँ । सरकारले सूचीकृत कम्पनी तथा निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने अग्रिम कर ७.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरेको छ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको शेयरको लाभमा लाग्ने कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली २०८३ स्वीकृत गर्नुका साथै विभिन्न मन्त्रालयका प्रस्तावमा बढुवा तथा अन्य प्रशासनिक निर्णयसमेत गरेको छ।