सुर्खेत । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ। बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–बुडेली निवासी शाहीलाई हृदयाघात भएको थियो। २००६ सालमा जन्मिएका उनी नेपाली कांग्रेस दैलेखका अग्रणी नेता थिए।
बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत राजनीति गरेका शाही विभिन्न समयमा नौ पटक पक्राउ परेका थिए। २०७४ सालमा समानुपातिकतर्फ कर्णाली प्रदेश सभा सदस्य बनेका उनी आन्तरिक मामिला तथा कानुनमन्त्री र कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत भएका थिए।


















प्रतिक्रिया