काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षति पहिचान गर्न राइडर र स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौँलाई सुझाव दिएका छन्।
‘सडक सुझाव’ मोबाइल एप शुभारम्भ कार्यक्रममा बोल्दै उनले एपलाई नागरिकको गुनासो पर्खिने माध्यममा मात्र सीमित नराखी सडकको अवस्था नियमित रूपमा पहिचान गर्ने प्रणाली बनाउनुपर्ने बताए। राइड सेयरिङ चालकलाई सामाजिक उत्तरदायित्वअन्तर्गत निश्चित सडक खण्डको निरीक्षणमा परिचालन गरी नियमित रूपमा फोटो तथा विवरण संकलन गर्न सकिने उनको सुझाव छ।
कार्यक्रममा रास्वपा सांसद गणेश पराजुलीले एपमार्फत सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने कामलाई प्रभावकारी बनाउन सरकार, सांसद र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए। उनले स्थानीय तहसँग समन्वय गरी बिग्रिएका सडकको मर्मत तथा निर्माणाधीन सडकलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए।


















प्रतिक्रिया