काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६’ सुरु भएको छ।
प्रदर्शनीको सभामुख डीपी अर्यालले उद्घाटन गरेका छन्। जग्गा तथा आवास निर्माण क्षेत्रसँग सम्बन्धित सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ।
प्रदर्शनीमा आवास निर्माण, जग्गा व्यवस्थापन तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायी, कम्पनी र सरोकारवालाको सहभागिता रहेको छ। प्रदर्शनीले घर निर्माण तथा आवाससम्बन्धी सेवा र प्रविधिबारे सर्वसाधारणलाई जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ।
‘जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६’ असोज ४ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा सर्वसाधारणले अवलोकन गर्न सक्नेछन्।


















प्रतिक्रिया