रसुवा विपद्बारे बन्ने संसदीय विशेष समितिको टीओआर छलफल निष्कर्षविहीन


काठमाडौँ । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनबारे गठन हुने संसदीय विशेष समितिको कार्यादेश (टीओआर) बनाउन दलहरूबीच भएको छलफल निष्कर्षविहीन भएको छ।

बिहीबार रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा भएको छलफलमा समितिको आकार, अवधि, कार्यक्षेत्र र प्रतिनिधित्वबारे छलफल भए पनि सहमति जुट्न सकेन। एमाले सांसद पद्मा अर्यालका अनुसार अर्को बैठकमा सहमति जुटाउनेबारे छलफल भएको छ।

कांग्रेस सांसद निष्कल राईले आफूहरूले सानो आकारको समिति तीन महिनाका लागि गठन गर्न प्रस्ताव गरेको बताए। तर रास्वपाले संसद्मा आफ्नो उपस्थितिका आधारमा संख्यात्मक प्रतिनिधित्व हुनुपर्ने अडान राखेपछि समितिको संरचनामा सहमति हुन नसकेको उनको भनाइ छ।