चिलिमेमा ज्यान गुमाएका पाँच कर्मचारीको श-व परिवारले बुझे


रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा भोटेकोशीको बाढीका कारण फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज परिवारजनलाई हस्तान्तरण गरिएको छ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्यामबहादुर थापामगर, तिलकबहादुर थापामगर र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव फेला परेको हो। उनीहरूको शव केन्द्रको सुरुङभित्र रहेको कन्ट्रोल रुम क्षेत्रमा फेला परेको थियो।

नेपाली सेनाको हेलिकप्टरमार्फत शव नुवाकोट लगेर परिवारजनलाई बुझाइएको महर्जनले बताए। बाढीले चिलिमे जलविद्युत् केन्द्रको संरचनासमेत ठूलो क्षति पुर्‍याएको छ भने खोज, उद्धार तथा राहत वितरणको काम जारी रहेको प्रशासनले जनाएको छ।