३. दादुराले थलियो बंगलादेश, एक हजारभन्दा बढी बालबालिकाको मृ-त्यु


ढाका । बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप देखिएको छ । संक्रमण तीव्र रूपमा फैलिँदा एक हजारभन्दा बढी बालबालिकाको मृत्यु भइसकेको र दैनिक करिब १ हजार नयाँ शंकास्पद संक्रमित थपिइरहेको जनाइएको छ ।

मार्च २०२६ देखि फैलिएको संक्रमणका क्रममा हालसम्म १ लाख ९४ हजारभन्दा बढी शंकास्पद तथा संक्रमित केस रिपोर्ट भएका छन् । संक्रमितमध्ये करिब ७९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

संक्रमण नियन्त्रणका लागि बंगलादेश सरकारले देशव्यापी आपत्कालीन खोप अभियान सञ्चालन गर्दै १ करोड ९८ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइसकेको छ । तर ठूलो संख्यामा बालबालिका अझै खोपको पहुँचबाहिर रहेकाले संक्रमण नियन्त्रणमा चुनौती देखिएको छ ।

युनिसेफका अनुसार आगामी २६ सेप्टेम्बरदेखि खोप अभियानलाई थप तीव्र बनाउने तयारी छ । यस चरणमा अहिलेसम्म खोप नपाएका बालबालिकालाई प्राथमिकतामा राखिनेछ ।