अख्तियारमा उजुरीको चाङ, काठमाडौं महानगर सबैभन्दा अगाडि


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासँग सम्बन्धित सबैभन्दा बढी उजुरी परेको छ । आर्थिक वर्ष २०८२/०८३ मा काठमाडौं महानगरसँग सम्बन्धित ४४१ वटा उजुरी परेको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार धेरै उजुरी परेका १० स्थानीय तहको तुलना गर्दा काठमाडौं महानगर पहिलो स्थानमा रहेको हो ।

काठमाडौं महानगरपछि पोखरा महानगरपालिका, धनुषाको विदेह नगरपालिका, पर्साको छिपहरमाई गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, सिरहा नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, सुवर्ण गाउँपालिका, वीरगञ्ज महानगरपालिका र पचरौता नगरपालिका रहेका छन् ।

आयोगले आर्थिक वर्ष २०८२/०८३ मा प्राप्त उजुरीको विश्लेषणका आधारमा उक्त विवरण सार्वजनिक गरेको हो ।