खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ, ९०.८५० ग्राम बरामद


मोरङ। विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

भारतको जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुनलाई बिहीबार बिहान भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा चेकजाँच गरिएको थियो । सो क्रममा जुली खातुनको साथबाट उक्त परिमाणको खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।