काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त विवरण प्रस्तुत गरेको हो । महासङ्घले क्षतिको विवरण अझै बढ्न सक्ने जनाएको छ ।
बाढीबाट ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको विवरण सङ्कलन तथा पीडित मजदुर र व्यवसायीलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बताए ।
क्षतिको मूल्याङ्कन र क्षतिपूर्तिको आधार तय गर्न पूर्वाधार विकास मन्त्रालयले पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।


















प्रतिक्रिया