काठमाडौँ । अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’का लागि नेपाली प्रतिनिधि छनोट गर्न आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनाले कात्तिक १४ गते हुने भएको छ।
आयोजक रिवन इन्टरटेनमेन्टले २२ प्रतियोगी सार्वजनिक गर्दै फिनालेको मिति घोषणा गरेको हो। प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स, फेसन डिजाइनर तथा व्यवस्थापकसम्म सहभागी छन्।
अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताका विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन्। यस्तै ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘मिसेस एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’का विजेता पनि छनोट गरिने आयोजकले जनाएको छ।
यी विजेताले सिंगापुरमा आयोजना हुने सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।



















प्रतिक्रिया