काठमाडौँ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयासप्रति असन्तुष्टि जनाएकी छिन्।
ओलीको तस्बिर राख्दै सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गरेकी झाँक्रीले जीवनमा कुनै दिन आफूलाई पनि कसैको हात, बाटो देखाउने व्यक्ति र ‘म छु’ भन्ने मान्छेको आवश्यकता पर्न सक्ने उल्लेख गरेकी छन्।
उनले ओलीको खुट्टा तान्ने प्रयासले अरूलाई समेत अप्ठ्यारोमा पार्न सक्ने संकेत गरेकी छन्। झाँक्रीले कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु र कसैलाई ढुङ्गा हान्दा आफू उभिएको किनारसमेत भत्किन सक्ने बताएकी छन्।
एमालेभित्र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनलाई लिएर विवाद भइरहेका बेला झाँक्रीको यो धारणा सार्वजनिक भएको हो। उनको अभिव्यक्तिले ओलीको नेतृत्वलाई लिएर पार्टीभित्र चलिरहेको बहसप्रति उनको असन्तुष्टि देखाएको छ।




















प्रतिक्रिया