बर्दिया । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुर चोकमा गुडिरहेको भाडाको हाइसमा आगलागी भएको छ ।
कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ज ४३३ नम्बरको हाइसमा शनिबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । हाइस धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।
प्रहरीका अनुसार हाइसमा चालक र सहचालकबाहेक अन्य यात्रु थिएनन् । त्यसैले मानवीय क्षति हुनबाट जोगिएको छ । आगलागीमा हाइसमा रहेका कागजपत्र र ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
आगो नियन्त्रणका लागि ठाकुरबाबा नगरपालिकाको दमकल घटनास्थल पुगेको थियो । आगलागीको कारण खुल्न नसकेकाले प्राविधिक टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनाका कारण महेन्द्र राजमार्गको यातायात भने प्रभावित भएन ।



















प्रतिक्रिया