काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।
आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ मा सम्पन्न वडा अधिवेशनबाट खाण क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् ।
अधिवेशनले चिरन्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।
क्षेत्रीय प्रतिनिधिमा विमलप्रसाद ढकाल, प्रतिमा खनाल, हरिप्रसाद सुवेदीसहित २३ जना निर्विरोध चयन भएका छन् ।



















प्रतिक्रिया