काठमाडौँ । देशभर डेंगु संक्रमितको संख्या ५ हजार २३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८२ पुस १७ देखि २०८३ भदौ ३० गतेसम्म ७४ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको हो ।
महाशाखाको पाक्षिक विश्लेषणअनुसार वर्षा र वर्षापछिको समयमा डेंगु संक्रमण थप फैलिन सक्ने जोखिम रहेको छ । महाशाखाले संक्रमणको अवस्थाबारे निरन्तर निगरानी गर्दै रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न सुझाव दिइरहेको छ ।
हाल झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङलगायत जिल्लामा संक्रमण बढिरहेको महाशाखाले जनाएको छ । स्थानीय तहमा सबैभन्दा धेरै संक्रमित बागलुङ नगरपालिकामा भेटिएका छन् । त्यहाँ १ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा महानगरपालिकामा १८५, इटहरी नगरपालिकामा ११९ र भद्रपुर नगरपालिकामा १०७ जनामा डेंगु संक्रमण देखिएको छ ।
बागलुङ नगरपालिकामा संक्रमण तीव्र देखिएपछि महाशाखाले किटविज्ञ, फिल्ड इपिडेमियोलोजिस्ट र प्रयोगशाला कर्मचारीसहितको टोली परिचालन गरेको छ । टोलीले त्यहाँ विशेष निगरानी, खोज तथा अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।




















प्रतिक्रिया