काठमाडौं – नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बीच साझेदारी भएको छ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे।
साझेदारीअनुसार एनसेलले पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले आफ्नो ट्राभल अपरेटर सञ्जालमार्फत एनसेलका सेवा तथा सुविधाबारे जानकारी दिनेछ।
एनसेलले ‘नेपाल कलिङ’ अभियान प्रवर्द्धन तथा पर्यटन विकासमा सहकार्यले योगदान पुग्ने जनाएको छ।
यसैबीच, एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) पूर्वाधार निर्माणमा समेत सहयोग गरिने भएको छ। यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ।



















प्रतिक्रिया