काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ३ सय रुपैयाँले घटेको हो। यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ थियो।
त्यसैगरी, १० ग्राम चाँदीको मूल्य आज ४ हजार १ सय २० रुपैयाँ पुगेको छ। हिजो १० ग्राम चाँदी ४ हजार १ सय १० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो।



















प्रतिक्रिया