काठमाडौँ । महिला ई–स्पोर्ट्स खेलाडीको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला एग्द्यन् मोबाइल च्याम्पियनसिप २०२६ को फाइनल आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ ।
प्रतियोगितामा सहभागी २४ महिला टोलीमध्ये उत्कृष्ट १६ टोली फाइनल चरणमा प्रवेश गरेका छन् । उपाधिका लागि आज यी १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
महिला ई–स्पोर्ट्समा नयाँ प्रतिभाको पहिचान, खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने तथा महिला खेलाडीको सहभागिता विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको आयोजकले जनाएको छ । फाइनल प्रतिस्पर्धामा सहभागी टोलीले उपाधिका साथै पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

महिला ई–स्पोर्ट्सको विकासमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले नेपालमा महिला मोबाइल गेमिङ खेलाडीको प्रतिभा र सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा म्याक्स टाइगर इनर्जी ड्रिङ्कको सहकार्य रहेको छ । आयोजकका अनुसार फाइनलमा सहभागी खेलाडी तथा टोलीबीचको प्रतिस्पर्धाले प्रतियोगिताको अन्तिम चरणलाई थप रोमाञ्चक बनाउनेछ ।



















प्रतिक्रिया