काठमाडौं – चीनको प्रतिष्ठित स्पोर्ट्स ब्रान्ड Xtep ले नेपालमा पहिलोपटक १० किलोमिटर म्याराथन आयोजना गरेको छ। चक्रपथस्थित Xtep को सोरुमबाट सुरु भएको म्याराथन बुढानीलकण्ठ मन्दिर परिक्रमा गरी पुनः सोही सोरुममा आएर सम्पन्न भएको हो।
स्वास्थ्य, फिटनेस तथा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित म्याराथनमा महिला तथा पुरुष धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। दौडमा सहभागी सबैलाई Xtep का तर्फबाट मेडल प्रदान गरिएको थियो भने विजेताहरूलाई मेडलसँगै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा नेपालका चर्चित म्याराथन धावक तथा मेडलिस्टहरूका साथै काठमाडौंका विभिन्न Xtep शाखाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले Xtep कै जुत्ता लगाएर १० किलोमिटर दौड पूरा गरेका थिए।
दौडपछि सहभागीहरूले Xtep का जुत्ता लगाएर दौडिँदा सहज र आरामदायी महसुस भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा नेपालमा Xtep भित्र्याउने गणेशमान श्रेष्ठको समेत सहभागिता थियो। उनले नेपालमा पहिलोपटक Xtep को तर्फबाट म्याराथन आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए।
“नेपालमा पहिलोपटक यो कार्यक्रम गर्न पायौं। यो हाम्रो लागि गौरवको विषय हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,” श्रेष्ठले भने।
श्रेष्ठका अनुसार नेपालका विभिन्न स्थानमा Xtep का सोरुम सञ्चालनमा छन् भने थप नयाँ सोरुम विस्तार गर्ने तयारी भइरहेको छ। नेपालमा Xtep का उत्पादनले उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ।
खेलकुद, फिटनेस र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिँदै आयोजना गरिएको म्याराथनले नियमित व्यायाम तथा दौडप्रति आकर्षण बढाउन सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।






















प्रतिक्रिया