एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदै, विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, दोस्रो खेल अपराह्न ४:३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

सोमबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।

आज हुने दुवै खेलमा टोलीहरू जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।