दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमै आदेश आउने


काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। अब केहीबेरमा अदालतले आदेश सुनाउने तयारी गरेको छ।

सरकारले आईजीपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरेपछि कार्कीले निर्णय बदर र पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमाथिको सुनुवाइका क्रममा कानुन व्यवसायीहरूले सरकारको निर्णय स्वेच्छाचारी भएको जिकिर गर्दै कार्कीलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।