प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवाददेखि रोकिएका परियोजनासम्मका मुद्दा उठाउन एमालेको सुझाव


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हित र लामो समयदेखि थाती रहेका मुद्दालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएको छ।

एमालेले सीमा समस्या, असमान सन्धि, ईपीजी प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र दशकौँदेखि रोकिएका परियोजनाको विषय भारतसँग स्पष्ट रूपमा राख्नुपर्ने जनाएको छ।

पार्टीले यी समस्याको समाधानका लागि निश्चित समयसीमासहितको मार्गचित्र तय गर्नुपर्नेमा जोड दिँदै नेपाल–भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने बताएको छ।