राम–सीताको सम्बन्ध जोड्ने दुई धाम अब रेलमार्गबाट जोडिँदै


जनकपुरधाम । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याबीच आजदेखि रेल सेवा सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ ।

करिब ६०४ किलोमिटर दूरीको उक्त रेल सेवा सुरुवाती चरणमा सातामा एकपटक सञ्चालन हुनेछ । यसले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ ।

रेल सेवा सञ्चालनले धार्मिक पर्यटन, व्यापार, स्थानीय रोजगारी र नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।