प्रधानमन्त्री बालेनले राजघाट पुगेर महात्मा गान्धीलाई गरे श्रद्धाञ्जली अर्पण


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री शाह राजघाट पुगेका थिए । उनले गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।