काठमाडौँ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन नगरे पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
उनले शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग कात्तिक २१ गते भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि पूरा नभएको बताएका छन् ।
यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. केसीले २५ औँ सत्याग्रह गरेका थिए । सहमतिपछि आन्दोलन स्थगित भए पनि सरकारले प्रतिबद्धता पूरा नगरेको उनको आरोप छ ।
अब पनि सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रिने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने उनले विज्ञप्तिमार्फत बताएका छन् ।

















प्रतिक्रिया