गानी आकर्षित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीतिगत तथा कानुनी सुधार गर्दै प्रदेशमा लगानीमैत्री वातावरण निर्माण भइरहेको बताएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा उनले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै लगानी सम्मेलनका प्रतिबद्धता कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा सुनसरीको दुहबीमा ५६ करोड रुपैयाँ लागतको फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक र रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्टबीच समझदारी भएको छ ।

कोशी प्रदेशको लगानी सम्मेलनमा ५१ परियोजनाका लागि १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी समझदारी भएको थियो । हालसम्म पाँच परियोजनाको विकास सम्झौता भइसकेको र थप १२ वटा सम्झौताको चरणमा रहेको जनाइएको छ ।