Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

प्रधानमन्त्री ओलीलाई अहिलेसम्मकै कडा चेतावनी दिँदै शर्माले भने ‘ओलीले बोल्ने उखानको बोट झापामा कहाँ छ मलाई पनि थाहा छ’


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सस्तो लोकप्रियताको लागि कम्युनिष्टहरुले नारा मात्रै बेच्ने गरेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई सम्बोधन गर्दै शर्माले मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसाथ गरेको एमालेले मदन भण्डारी मरेको २५ वर्षपछि उनको विचारलाई समेत मारेको आरोप लगाउँदै ‘कम्युनिष्टहरु आफ्नै कामका कारणले चाँडै पतन हुने समेत दाबी गरे । अहिले कम्युनिष्टको आँधीहुरी आएको भन्दै शर्माले केही हाँगा भाँच्चिदैमा कांग्रेस नमर्ने र प्रतिपक्षको भूमिका कांग्रेसका लागि सच्चिने सुनौलो अवसर भएको बताए ।

प्रवक्ता शर्माले प्रतिपक्षमा बसेर बिग्रेको कांग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको र काँग्रेसले यो अवसरलाई सदुपयोग गरेर अर्को निर्वाचनमा राम्रो परिणाम ल्याएर देखाउने जिकिर गरे । प्रधानमन्त्री जस्तो व्यक्तिले हरेक कुरालाई हल्का टिप्पणी गर्ने गरेको भन्दै शर्माले प्रधानमन्त्रीलाई जिम्मेवार भएर बोल्न आग्रह गर्दै भने ‘म पनि झापाकै हूँ’, ‘झापामा उखानको बोट कहाँ छ मलाइ पनि थाहा छ तर हामीले त्यति हल्का कुरालाई राष्ट्रिय मुद्धा भने बनाउँदैनौँ ।