आफनो घर जग्गा बेचेर रंगशाला बनाउछु भन्दै रोए धुर्मुस …..(भिडियो सहित )


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल ‘धुर्मु’सले रंगशाला निर्माण भए पछि अब पैसा मागेर काम नगर्ने बताएका छन् । पैसा मागेर काम गर्ने काम यो नै अन्तिम भएको सीताराम बताउँछन् ।

“अब उप्रान्त म मागेर कुनै पनि काम गर्ने वाला छैन । यो अन्तिमपटकको अपिल हो,” केही दिन अगाडि पोखराका पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “देशको लागि केही गर्ने भन्ने इच्छा चाहना सबै नेपालीको लागि छ । यो अवसर र मौका हो ।” निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लगानी ३ अर्ब रहेको छ । प्रति व्यक्ति १०० रुपैयाँ दिए पनि पुग्छ । तर उनलाई यति बेला लगानी जुटाउन पटपक पटक अपिल गर्दै आएका छन् ।

“अहिले मेरो दिमागमा रंगशालाबाहेक केही छैन । उठेदेखि नसुतेसम्म मेरो दिमागमा रंगशाला मात्रै छ, मलाई कसैले डाइभर्ट गर्न सक्दैन, सुत्दा पनि म रंगशालाकै विषयमा कसैले कम्प्लेन गरेको सपना देख्छु,” उनले भने । सीताराम आफ्नो चलचित्र ‘सेन्टी भाइरस’को नाफाको ५० प्रतिशत सोही रंगशाला निर्माणमा लगानी गर्दे बताउँ आएका छन् । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र फागुन ९ गते रिलिज हुँदै छ । चलचित्रमा सीताराम मुख्य भूमिकामा छन् ।