वाइफाइले काम नगरेर हैरान हुनुहुन्छ !अव चिन्ता नलिनोस


वाइफाइले काम नगरेर तपाई पक्कै पनि हैरान हुनुहुन्छ होला । यदि त्यस्तो समस्या खेपिरहनु भएको छ भने अव सामसुंगले तपाईको हैरानी अन्त्य गरिदिने भएको छ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ ।

सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ । कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ ।

यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिनेछ । अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।

सामसुंगका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले जारी आइतबार विज्ञप्ती जारी गर्दै भने ‘सामसुंगले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको छ ।’ ६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य सामसुंगको छ ।