मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
काममा माता पिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ ।
प्रतिक्रिया