विनोद चौधरी भन्छन ओली सरकारलाई ‘चेक’ बुझाएर संकटमा जिम्मेवारी पूरा हुँदैन !


र्बपति व्यवसायी विनोद चौधरीले मुलुक संकटमा पर्दा सरकारलाई करोडौं रुपैयाँको चेक बुझाएरमात्र जिम्मेवारी पूरा नहुने बताएका छन् ।मुलुकमा संकट पर्दा स्वदेशी उद्यमीले सहयोग नगरेको विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आलोचना भइरहेपछि उनले किताब जात्रा नामक अन्तक्रिरयामा यस्तो बताएका हुन् ।
व्यवसायीप्रतिको अपेक्षा स्वाभाविक भए पनि गर्ने र नगर्नेमाथि समान व्यवहार नभएको उनको भनाइ छ । सरकारसँग मिलेर नै काम गरिरहेको र सरकारी अस्पताललाई पनि सरकारलाई सहयोग गरिरहेको उनले बताए ।

अहिलेसम्म कुल २ करोड रुपैयाँ बराबरको सहयोग गरिसकेको उनले जानकारी दिए ।सरकारसँग प्रतिस्पर्धा गरेको नभइ विभिन्न प्रदेश सरकारसँग सहकार्य गरिररहेको उनको भनाइ छ । सरकारले यसका लागि सहयोग गरेको र वातावरण बनाएको उनले बताए । ११९ वटा सेन्टरमा सहयोग गरेको उनले जानकारी दिए । सरकारी संयन्त्रले मात्र संकटमा जनताको सेवा दिन नसक्ने भएकाले आफूहरु जनतासम्मै पुगेर सेवा गर्न चाहेको उनले बताए । सरकारी संयन्त्रप्रति प्रश्न गर्दै उनले भने– भूकम्पका बेला पुनर्निर्माण प्राधिकरणको सीईओ छान्न ६ महिनाभन्दा बढी लगाउने संयन्त्रबाट के अपेक्षा गर्ने ?

सीजी फाउन्डेसनमार्फत अहिले पनि ४४ भन्दा बढी अस्पतालमा पीपीई पु¥याएको उल्लेख गर्दै टेस्टिङका लागि पाँचवटा सेन्टरमा प्राविधिक स्थापनामा सहयोग गरिरहेको उनले बताए ।
भारतसँग सीमा जोडिएका प्रदेशहरुमा आफूहरुको सहयोग केन्द्रित भइरहेको उनको भनाइ छ ।लक्षित वर्गमा सहयोग केन्द्रित गरेका कारण सीजी फाउन्डेसनलाई सहयोगको प्रस्तावसमेत आइरहेको उनले बताए । ज्याक मा, बिल मेलिन्डा फाउन्डेसनको सीजीमार्फत सहयोग आइरहेको उनले जानकारी दिए ।