कालिमाटी तरकारी बजारमा देखियाे ४ जनामा एन्टिबडी पोजेटिभ !


बिहीबार काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनामा एन्टिबडि पोजेटिभ देखिएको छ । कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो । विहीबार ७०० जनाको आरडीटि र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ ।

७ सय जनाको आरडीटीबाट गरिएको परिक्षणमा ४ जना रिपोर्ट पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका जन स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।‘र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) विधिबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ देखियो’ उनले भने । काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड-१९) भएरनभएको पत्ता लगाउन विहीबारबाट स्वास्थ्य परीक्षण थालिएको हो । कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी रहेका छन् ।