अन्तत: भारतले भन्यो, नेपालद्वारा सीमा विवाद वार्तामार्फत हल गर्ने समझदारी उल्लंघन !


नेपालले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेपछि भारतले प्रतिक्रिया दिएको छ । लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधनप्रति उसले असहमति जनाएको छ ।

आफ्नो केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालले संविधान संशोधन गरेको भन्दै भारतले यो मान्य नहुने बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् । वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’ नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा जारी गरसँगै भारतले विरोध गर्दै आएको छ ।