काठमाडौँ श्रावन १ गते
अभिरल बर्सा को कारण महोत्तरीको भंगहामा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भयो ।
भंगहा नगरपालिका वडा नम्बर –६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५वर्षीया छोरी सहनाज खातुनको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए का हुन् ।
अभिरल बर्सा को कारण खाल्डोमा पानी जमेको थियो । यी दुबै बालिका त्यहीं पानीमा नुहाउने क्रममा डुबेको उनले बताए । ‘नुहाउने क्रममै दुबै बालिका खाल्डो मा डुबेको र त्यहीं उनीहरुको मृत्यु भएको पनि,’ उनले भने, ‘अन्य अनुसन्धान भइरहेको छ ।’मृतक दुबै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जानकारी दिएका छन ।
प्रतिक्रिया